भ्रष्टाचार गर्न दिन्नौ भन्नेहरु नै टिम बनाएर पैसाको बार्गेनिङमा लागेका छन्ः राज्यमन्त्री सिर्पाली

भ्रष्टाचार गर्न दिन्नौ भन्नेहरु नै टिम बनाएर पैसाको बार्गेनिङमा लागेका छन्ः राज्यमन्त्री सिर्पाली

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले  भ्रष्टाचार गर्न दिनेछैनौ भन्नेहरुले नै टिम बनाएर भ्रष्टाचार गर्ने गरेको आरोप लगाएकी छिन् । 

शनिवार काठमाडौंमा आयोजित वीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दैै उनले मञ्चमा आर्दश र सिद्धान्तको कुरा गर्नेहरुको भित्री रहस्य अर्कै भएको बताए । उनले आदर्शका कुरा गर्नेहरु भित्रभित्रै कहाँ पैसा पाईन्छ भनेर टिम बनाएर बार्गेनिङ गर्ने गरेको दावी गरिन् ।  उनले भनिन्,‘मञ्चमा आदर्शको कुरा गर्छौं सिद्धान्तको कुरा पनि गर्छाैं तर भित्रभित्रै कहाँ पैसा पाईन्छ भनेर टिम बनाएर बार्गेनिङ गर्छाैं । भ्रष्टाचार गदैैनौ र गर्न पनि दिदैैनौ भन्ने तर हामी आफै आफ्नो टिम बनाएर भ्रष्टाचार गछौं । यो राजनीनि हो आजको राजनीनि ।’मन्त्री सिर्पालीले अहिलेको राजनीतिले वीपी कोईरालाहरु जस्ता महान व्यक्तिको ईतिहासलाई कलंकित बनाएको टिप्पणी गरिन् ।
 

Logo