मधेस प्रदेशको स्वास्थ्य अवस्था कमजोर हुनु चिन्ताजनकः स्वास्थ्यमन्त्री सिंह

मधेस प्रदेशको स्वास्थ्य अवस्था कमजोर हुनु चिन्ताजनकः स्वास्थ्यमन्त्री सिंह

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र कुमार सिंहले मधेश प्रदेश स्वास्थ्य क्षेत्रमा हालसम्म पछाडि रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

शनिबार जनकपुरधामको नवजीवन हस्पिटल प्राईभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशका अधिकांश विज्ञ र बरिष्ठ चिकित्सकहरु देश भरिका नीजितथा सरकारी अस्पतालमा उच्च पदमा रहि सेवा दिंदै आएता पनि मधेश प्रदेशको भने स्वास्थ्य अवस्था सुधार नहुनु ठुलो बिडम्बना रहेको बताएका हुन् ।

उनले मन्त्रालयले सम्पूर्ण विज्ञ तथा सरोकारवाला चिकित्सकहरुको भेलागरि प्रदेशको स्वास्थ्य अवस्था बारे छलफल गरि ठोस कदम चाल्ने प्रतिवद्धता जनाए । स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशका जिल्लाहरुमा गुणस्तरहिन अस्पतालहरु किराना पसलझै खुलेकोले अब मन्त्रालयले विभिन्न सरोकारवला निकायहरुसंग समन्वयगरि सम्पूर्ण अस्पताहको अनुगमण गर्ने योजना बनाएको बताए । उनले अनुगमण गर्दा कुनै पनि अस्पतला मापदण्ड विपरीत वा मापदण्ड पूरा नभई सञ्चालन गरेको पाइए सोझै कारवाही गर्ने चेतावनी समेत दिए ।
 

Logo