आज राष्ट्रिय सभा अन्तर्गतकाे दुई समितिको बैठक बस्दैछ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार बिहान ११ः३० बजेपछि बैठक बस्ने भएको छ।
समितिको सभा कक्ष सिंहदरबारमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षण बाट देखिएका विषयहरुको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।
यस्तै,विधुतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी प्रारम्भिक छलफल गर्न विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। उक्त समितिले सिंहदरबारमा बस्न लागेको बैठक दिउँसो १ बजेको लागि बोलाएको छ।





























प्रतिक्रिया