कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बना‍उनुपर्छः वामदेव गौतम

कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बना‍उनुपर्छः वामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्।

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए। उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए।

नेता गाैतमले भने, ‘सबै कम्युनिस्टहरू एकतामा आऔँ। मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद राखेर एउटा मोर्चामा आवद्ध हुनुपर्छ। जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू अरू मिलेर सुरु गर्नुभएको छ। राम्रो काम गर्नुभएको छ तर दुई तीनवटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नूस्। सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ। समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ। पुनः कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ।’

Skip This
Skip This
Logo