मधेस प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था चिन्ताजनक छः स्वास्थ्यमन्त्री सिंह

मधेस प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था चिन्ताजनक छः स्वास्थ्यमन्त्री सिंह

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री बीरेन्द्र कुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्र कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन्।शनिबार जनकपुरधामको नवजीवन हस्पिटल प्राईभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको शुभारम्भ गर्दै मन्त्री सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा अधिकांश विज्ञ र वरिष्ठ चिकित्सकहरु मधेश प्रदेशकै भएतापनि मधेश प्रदेशको स्वास्थ्य अवस्था सुधार नहुनु ठूलो बिडम्बना रहेको बताए। 

उनले अब सम्पूर्ण विज्ञ तथा सरोकारवला चिकित्सकहरुसँग प्रदेशको स्वास्थ्य अवस्थाबारे छलफल गरि ठोस कदम चाल्ने मन्त्रालयको योजना रहेको जानकारी दिएका छन्।स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशका जिल्लाहरुमा गुणस्तरहिन अस्पतालहरु किराना पसलझै खुलेको भन्दै मन्त्रालयले सरोकारवला निकायहरुसंग समन्वय गरि सम्पूर्ण अस्पताहरुको अनुगमन गर्ने योजना बनाएको पनि बताए। 

उनले अनुगमन गर्दा कुनै पनि अस्पताल मापदण्ड विपरीत वा मापदण्ड पूरा नभई सञ्चालन गरेको पाइए सोझै कारवाही गर्ने चेतावनी समेत दिने बताए।क्यान्सर रोगका विषेशज्ञ डा.अवधेश साहको अध्यक्षतामा भएको कार्यक्रममा रितेस सिंह,डा.महेश महासेठ,डा.वैद्यनाथ ठाकुर,डा.शरद यादव,अस्पतालका व्यवस्थापक अखिलेश कुमार साह लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो।उपस्थित चिकित्सक एवम अतिथिजनले रक्तदानसमेत गरेका थिए।

Skip This
Skip This
Logo