अनुहार, नाम र पद फेर्दैमा कांग्रेस रूपान्तरण हुँदैनः विमलेन्द्र निधि

अनुहार, नाम र पद फेर्दैमा कांग्रेस रूपान्तरण हुँदैनः विमलेन्द्र निधि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरणको मुद्दा उठाइएकाेमा आपत्ति जनाएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले अनुहार, नाम र पद फेर्दैमा कांग्रेसको रूपान्तरण लक्ष्य पूरा नहुने बताएका हुन् । “अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्‍याउँदैन। संघीयता छ,तीन तहको सरकार छ। तीनै तहमा गर्नुपर्ने काम धेरै छ, रूपान्तरणका लागि,”उनले भने,“राज्यको पुनर्संरचनापश्चात् संघीयता, लोकतान्त्रिक गणतन्त्र प्रणालीका लागि अझै काम गर्नुपर्नेछ। यसका लागि कांग्रेसलाई तयार पारौँ।”

उनले पार्टीको नीति महाधिवेशन अहिलेको आवश्यकता भएको बताए । रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसको जीवनस्तर कसरी परिवर्तन हुन्छ, पार्टीको एजेन्डा त्यो हुनुपर्ने उनको भनाइ छ।

“कांग्रेसभित्रै मात्र कांग्रेसभित्र रूपान्तण हैन। वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौँ। यसले पार्टी रूपान्तरण सहजै हुन्छ। त्यो अत्यन्त जरुरी छ,” उनले भने।

Logo