पार्टीभित्र व्याप्त चरम गुटबन्दीले कार्यकर्तामा निराशा छाएको छः भीम पराजुली

पार्टीभित्र व्याप्त चरम गुटबन्दीले कार्यकर्तामा निराशा छाएको छः भीम पराजुली

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्दै पराजुलीले पार्टीमा देखिएको गुटवन्दीले कार्यकर्तामा निराशा छाएको बताए। 

उनले भने,‘पार्टीभित्र गुटबन्दी चरम देखिएको छ। एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गरेको देखिन्छ। यसले कार्यकार्तामा निराशा छाएको छ। पार्टीको रुप धारण गर्न सकेको छैन। गुटबन्दीले गाँसेको कांग्रेस गाँजिएको कांग्रेस भएको छ। यसको शिकार म पनि भएको छु।’ 

केन्द्रीय सदस्य पराजुलीले पार्टीभित्र यस्तो कार्यहरुको अन्त्य गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। पार्टीको कार्यप्रकृयामा विश्वसनीयता नभएको हुनाले आफूले कुनै कारवाहीको सिफारिस नगरेको बताए। 

Logo