काँग्रेसले विश्वासको वातावरण निर्माण नगरेसम्म जनतामा गएर भोट माग्न सकिन्नँः शेखर कोइराला

काँग्रेसले विश्वासको वातावरण निर्माण नगरेसम्म जनतामा गएर भोट माग्न सकिन्नँः शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको बताएका छन् । 

आईतबार बसेको केन्दीय समितिको बैठकमा डा. कोइरालाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्न माग गरेका हुन् । 

उनले भने, 'पछिल्लो दिनहरुको दण्डहीनता बढेर गएको छ। नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसदमा रहेको मुलुकी संघीयता सम्बन्धि केही नेपाली ऐन शंशोधन गर्न बनेको विद्येयक २०८० तत्काल खारेज गरिनुपर्छ र यो विद्येयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ ।' 

जनताले दण्डहीनताको अन्त्य गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहेको उनको भनाई छ । 

समाजवादी केन्द्र जस्तो गठबन्धन भित्र पनि अर्को गठबन्धन बनेको र त्यो कसको लागि बनेको त्यसप्रति विचार गर्नुपर्ने पनि कोइरालाले सुझाए । काँग्रेसले सुशासनको नारा दिने मात्र नभइ भ्रष्टचार र भ्रष्टारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरेसम्म जनताको घरदैलोमा गएर भोट माग्न नसक्ने उनको भनाई छ । 

Skip This
Skip This
Logo