एक मनले लाग्ने हो भने काँग्रेसलाई कसैले हटाउन सक्दैनः प्रकाशशरण महत

एक मनले लाग्ने हो भने काँग्रेसलाई कसैले हटाउन सक्दैनः प्रकाशशरण महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत्तले अनावश्यक किसिमको गाली गर्ने र नियोजित किसिमबाट विरोध गर्ने काम गर्न नहुने बताएका छन् । 

काँग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य महतले आम एक मनले लाग्ने हो भने नेपाली काँग्रेसलाई कसैले हटाउन नसक्ने भन्दै त्यसको लागि पार्टीभित्र विरोध गर्ने काम रोक्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘पहिलो कुरा अनावश्यक किसिमको गाली गर्ने, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएको कुरा पनि भएजस्तो गरेर प्रस्तुत गर्ने कुरा कसैले पनि गर्नु हुँदैन। हामी एक मनले लाग्ने हो भने नेपाली कांग्रेसलाई कसैले हटाउन सक्दैन ।’ 

उनले पार्टीमा भएको कमि कमजोरीलाई सुधार गर्ने विचार लिएर पार्टी अगाडि बढ्नु पर्ने भन्दै  त्यसको लागि अनुशासनको आवश्यकता भएको बताए । 

यस्तै, महतले नेपाली काँग्रेस खतम भईसक्यो, यसको भविष्य छैन् भन्ने मानसिकता भन्दा पनि  उच्च मनोबलका साथ जनतामा जानुपर्ने बताए । उनले भने, ‘आजको आवश्यकता हाम्रो पार्टीको विचार, दृष्टिकोण, मिसन, भिजन छैन् भन्ने होईन हाम्रो पार्टीको मिसन छ हामी पार्टीमाथि गर्व गर्छौँ उच्च मनोबलमका साथ जनतामा जान्छौँ नभन्ने हामी खतम भईसकेका छौँ, हाम्रो भविष्य छैन, यसले गर्दा पार्टी यो ठाँउमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौ भने जतिसुकै कार्यक्रम गरेपनि हामीले हाम्रो जनआधार स्थापित गर्ने हाम्रो लक्ष्य एक्लै निर्वाचन जित्ने लक्ष्य राख्या छौँ, त्यो पूरा हुन सक्दैन ।’

प्रस्तावित कार्यक्रमहरु गर्दा एउटा समूह र गुटको कार्यक्रम भयो भने काँग्रेसले प्राप्त गर्न खोजेको लक्ष्य प्राप्त नहुने पनि उनको भनाइ थियो । 

Skip This
Skip This
Logo