नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाणलाई राज्यले नियोजित रुपमै फसाएको आरोप लगाएका छन् ।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले खाणमाथि राज्यले नियोजित रुपमै ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाएको आरोप लगाएका हुन् । ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ ।’
उनले खाणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पनि पोखे ।































प्रतिक्रिया