असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने

असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने

केन्द्रबिन्दु
0
Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङ्झोउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागि हुन जाने भएका छन्। 

२०६६सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करणमा सहभागि हुने भएका हुन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनसँग इटलीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन्। तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको छलफलमा प्रधानमन्त्री दाहालले एसियाली खेलकुदका क्रममा चीन आउने बताएको निकट स्रोतको दाबी छ। 

एसियाड आगामी सेप्टेम्बर २३ अर्थात् असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदैछ। यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने तय भएको थियो। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औं संस्करणमा सहभागी हुन४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन्। एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङका करिव ६ सय खेलाडी सहभागी हुनेछन्। 

प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ।एसियाडका खेलहरू हाङ्झोउ,निङ्बो,वेनझोउ,हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन्। उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ।  

Logo