अर्थमन्त्रीको दाबीः मैले सुराकीलाई पुरस्कारको व्यवस्था गरेकै कारण सुन समातियो

अर्थमन्त्रीको दाबीः मैले सुराकीलाई पुरस्कारको व्यवस्था गरेकै कारण सुन समातियो

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल बढी सुन बरामद भएको दाबी गरेका छन् । 

प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो दाबी गरेका हुन् । सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही हुने पनि उनले बताए । 

‘बजेट बनाउँदादेखि नै मैले यस्तो भिजनमा कल्पना पनि गर्न सक्दिनँ। मैले बजेटमा नै प्रश्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो।’ उनले भने, ‘जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ ।’ 

अर्थमन्त्री महतले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने पनि आवश्यकता औंल्याए । 

निम्न आर्थिक अवस्थाका भुजेलले कसरी ल्याए एक क्विन्टल सुन ? [भिडियाेसहित]

 

सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार अधिकृतसहित ६ जना पक्राउ

Logo