कम्युनिष्टहरु एकजुट नभएसम्म पुष्पलालको सपना पूरा हुँदैनः उपाध्यक्ष राई

कम्युनिष्टहरु एकजुट नभएसम्म पुष्पलालको सपना पूरा हुँदैनः उपाध्यक्ष राई

केन्द्रबिन्दु
0
Shares

पुष्पलाल एकता केन्द्रकी उपाध्यक्ष जयन्ती राईले सरकारी निकायको उच्च ओहदामा बसेकाहरु नै तस्करी र भ्रष्टाचारमा संलग्न हुने गरेकोप्रति चुप लागेर बस्न नहुने बताएकी छन् । 

काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौती: भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा उपाध्यक्ष राईले एक सय किलो सुन प्रकरणमा चुप बस्न नहुने धारणा राखिन् । 

त्यस्तै, वीर गोर्खार्लीको देश भनेर चिनिने नेपाल आज भ्रष्टाचार, माफिया र बलात्कारीको देशले बदनाम भएको भन्दै उनले भनिन्, ‘दिन प्रतिदिन भ्रष्टाचार सुनिरहेको मात्र छ, आज सय किलो सुन मात्र होइन् मानव तस्तरीदेखि अरु क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्नहरु नपढेका होइनन्, त्यस्ता निकृष्ट काममा सरकारका एकदमै जिम्मेवार निकायमा रहेका ठूला ठूला ओहदाका मान्छेहरु संलग्न छन् । त्यसकारण आज हामीले औंला उठाउनै पर्छ । यो पुष्पलालको सपना थिएन् ।’ 

उपाध्यक्ष राईले पुष्पलाललाई कार्यक्रम गरेर एक दिन सम्झिएर मात्रै उनले देखेको सपना पूरा नहुने तर्क गरिन् । उनले कम्युनिष्टहरु एकतावद्ध भएर जानुको विकल्प नभएको बताइन् । ‘पुष्पलालको सपना पूरा गर्ने जिम्मा हामीले त्यतिवेला मात्रै पूर्ण गर्नेछौं जतिवेला देशमा रहेका सम्पूर्ण विकृति, विसंगती, भ्रष्टाचार र दण्डहिनतालाई अन्त्य गछौं । सबै कम्युनिष्ट पार्टी एकजुट भएर समाजवाद निर्माण र समाजवादी क्रान्ति सफल गर्ने अभिभारा पूरा नगरेसम्म पुष्पलालको सपना पूर्ण हुँदैन ।’ 

उपाध्यक्ष राईले सबै कम्युनिष्टहरु एकतावद्ध भएर जानुपर्ने धारणा राखिन् । 

Logo