‘एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय’ -विप्लव

‘एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय’ -विप्लव

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय भएको बताएका छन् । 

सोमबार काठमाडौंमा पुष्पलालको २४औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौतीः भ्रष्टचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा महासचिव विप्लवले सरकार भ्रष्टाचारको विरुद्ध लड्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘मलाइ के स्मरण भएको छ भने यदिहाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिबन्ध लाग्दैन थियो होला । किनकी हामीले कारवाही गरेको एनसेललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अरवको भ्रष्टचारको केस छ । त्यो अहिले पनि हल भएको म देख्दिनँ।’ 

महासचिव विप्लवले सरकारले भ्रष्टाचारविरुद्ध लडाई लड्नुपर्ने बताए । यो लडाईमा सडकबाट नेकपाले जनतालाई एकीकृत गरेर साथ दिने उनको भनाइ थियो । 

Logo