सुन तस्करी प्रकरणः सुनिल शर्माले माग गरे दलको बैठक, अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद

सुन तस्करी प्रकरणः सुनिल शर्माले माग गरे दलको बैठक, अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन बुझाएका सांसद शर्माले हालै बाहिरिएको एक क्विन्टल बढी सुन तस्करी प्रकरणमा ध्यानाकर्षण जनाउँदै दलको बैठक बोलाउन माग गरेका हुन् । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएको उनले निवेदनमा उल्लेख गरेका छन् । 

सांसद शर्माले यसअघि पनि सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमाम राजीनामा दिनुपर्ने बताएँदै आएका छन् । 

हेर्नुहोस्, निवेदन-

Logo