निर्णय लेख्दै काँग्रेस

निर्णय लेख्दै काँग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको एक सतादेखि जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको भोलि (बुधबार) दिउँसो ४ बजे बस्ने बैठकले निर्णयहरू गर्नेछ।
 
केन्द्रीय समितिले लिने निर्णयको तयारी गर्नका लागि कांग्रेसले बैठक बुधबार दिउँसो सम्मका लागि स्थगित गरिएको नेताहरूले जनाएका छन्। केन्द्रीय समिति बैठकले निर्णयहरू गर्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्ने छन्। 

काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यक्रमलाई संशोधनसहित पारित गर्ने छ। साथै,वर्तमान गठबन्धनलाई निरन्तरता दिंदै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धतासहित जनजीविकाका सवालमा काँग्रेसले आफ्ना धारणाहरू सार्वजनिक गर्ने तयारी गरेको छ। 

संविधान कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि संविधान संशोधनका लागि काँग्रेसले पहल लिने जनाउँदै पार्टी संगठनलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू समेटेर काँग्रेसले निणर्य सार्वजनिक गर्ने जनाइएको छ।  

Skip This
Skip This
Logo