सुन प्रकरणका नाइके पक्राउ नपरे संसदमै आमरण अनशन बस्ने सांसद सुनिल शर्माको घोषणा

सुन प्रकरणका नाइके पक्राउ नपरे संसदमै आमरण अनशन बस्ने सांसद सुनिल शर्माको घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय मागेर बोल्दै शर्माले आफ्नै पार्टीका अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा बोल्ने नैतिकता गृहमन्त्री र अर्थमन्त्रीले गुमाइसकेकाले पदमा बस्न नमिल्ने धारणा उनको थियो । 

विगतमा नैतिकताका आधारमा राजीनामा दिएको प्रशंग उल्लेख गर्दै सांसद शर्माले अनुसन्धानको दायरालाई सहज बनाउन गृह र अर्थमन्त्रीले राजीनामा दिन सुझाव दिए । इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कँदासम्म सुन तस्करीका मुख्य नाइके पक्राउ नपरे संसद् भित्रै आमरण अनशन बस्ने सांसद शर्मामो उद्घोष थियो । उनले भने, 'भरियामात्रै पक्राउ गरेर पुग्छ भन्ने सोचेको भए यस्तो परिकल्पना नगर्नुस् । सुनका मुख्य मालिक पक्राउ गर्न समय लिनुस् तर प्रधानमन्त्री स्वदेश फर्कँदासम्म नाइके पक्राउ गर्नुस् नत्र राजीनामा दिनुहोस् । हैन भने म यहीं संसदमा आमरण अनशन बस्छु ।'

Skip This
Skip This
Logo