मन्त्रीकै संरक्षणमा दिउँसै रात पार्ने र देशलाई लुट्ने काम भयाेः प्रमुख सचेतक गिरी

मन्त्रीकै संरक्षणमा दिउँसै रात पार्ने र देशलाई लुट्ने काम भयाेः प्रमुख सचेतक गिरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतकपदम गिरीले सुन तस्करी प्रकरणमा देशलाई लुट्ने काम भएको आरोप लगाएका छन् । 

बुधबार संसद वैठकमा आफ्नो धारणा राख्दै प्रमुख सचेतक गिरीले तस्करी प्रकरणको संरक्षण गृहमन्त्री र अर्थमन्त्रीले गर्दै आएको आरोप लगाएका हुन् । 

‘यही मेटलको नाममा ३३ पटक सम्म क्विन्टलका क्विन्टल सामान भित्रिएको छ। त्यसको संरक्षण गर्ने काम कसले गर्यो ? यही गृहमन्त्रीले गरेको हो की हैन ? यी नै प्रधानमन्त्रीले गर्नु भएको हो की हैन ? यहि भन्सारको कर्मचारी राखेर अर्थमन्त्री ज्युले यसलाई समर्थन गर्नु भएको हो की हैन ? उहाँहरुको योजना र सेटिङमा यो काम भएको हो की हैन ? पछिल्लो दुई तिन महिनाको अवधिमा करिव २० क्विन्टल सुन नेपालमा तस्करी भइसक्यो । त्यसको संरक्षण गर्ने काम स्वयं मन्त्री आफैले गरेका छन् । दिउँसै रात पार्ने र देशलाई लुट्ने काम भएको छ । ’ 

प्रमुख सचेतक गिरीले छिटो भन्दा छिटो यसको लागि सरकारले छानविन समिति बनाउनु पर्ने कुरामा रुलिङ हुनुपर्ने माग समेत गरे । 

Logo