सुन प्रकरणलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुने रवि लामिछानेकाे चेतावनी

सुन प्रकरणलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुने रवि लामिछानेकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामिछानेले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका हुन् । ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’ उनले भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’

सुन प्रकरणलाई जनताले पुरानै सेटिङको निरन्तरताको रुपमा बुझेको बताउँदै सांसद लामिछानेले कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न पनि गरेका छन् । 'जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,' उनले सोधे । गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाई छ । 

Logo