राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले सुन प्रकरणमा उचित छानविन गरेर निकासको लागि जरासम्म नै पुग्नुपर्ने बताएका छन् ।
बुधबार संसद बैठकमा बोल्दै सांसद लिङ्देनले सरकार कुनै पनि प्रकरणमा जरैसम्म पुग्न नखोजेको आरोप लगाएका हुन् । उनले भने, ‘१ क्विन्टल सुन भित्रिनु समान्य विषय होइन् । समाजलाई ठीक दिशामा ल्याउनको लागि पनि यसको उचित छानविन र उचित निकासको जरा सम्म पुग्नुपर्छ । भुटानी शरणार्थीको कुरा गरौंला, लितानिवास जग्गा प्रकारणको कुरा गरौं कही पनि जरासम्म पुग्न सकेका छैनौं । सरकार जरा सम्मपुग्न समेत अग्रसर भएको छैन ।’
अध्यक्ष लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिरहेको तर्फ सचेत हुनुपर्ने पनि बताए । उनले भने, ‘के हो कुनै वाह्यदवाव र कसैलाई देखाउनको लागिमात्र यो १ ट्रिप सुन पक्रने काम भएको हो । हामीलाई आएको सूचनाअनुसार यो आकस्मिक रुपमा पक्रिएको अथावा सरकारले आकस्मिक पक्रेको हो । नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट बनिराखेको छ । केही भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई संरक्षण दिने जोगाउने र हामीले यति त ग-यौं नी भन्ने काम नगरोस् ।’





























प्रतिक्रिया