‘मुलुकमा राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप’ -सांसद खान

‘मुलुकमा राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप’ -सांसद खान

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका सांसद अव्दुल खानले मुलुकमा राजनीतिक शक्तिको आडमा हरेक क्षेत्रमा चरम हस्तक्षेप भइरहेको बताएका छन् । 

बुधबार संसद बैठकमा बोल्दै सांसद खानले हरेक क्षेत्रमा हस्तक्षेप हुँदा देशले गति लिन नसकेको बताएका हुन् । उनले भने, ‘एउटा शवल्याउननसक्ने सरकारले रेमिट्यान्सबाट देश चलाई रहेको छ । हाम्रो देशमा इन्जिनियरहरु कुटिन्छन् । कतै नार्क र नास्टबाट काम गर्ने विद्ववानलाई अपमान गरेर ४० नम्बरमा पर्ने लाईनबर १ को प्रमुख बनाउने गरिन्छ, राजनीतिकशक्तिको आडमा यस्तो चरम दुरुपयोग भईरकेको छ।’ 

उनले देशले गति लिन नसके र यसमा सरकार गम्भीर हुनुपर्ने बताए।

ईञ्जिनियर दिवसको अवसरमा मधेश प्रदेशका इञ्जिनियरहरुले ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी प्रशासनद्धारा कुटपिट हुनु राज्यको नै उपहास भएको पनि सांसद खानको भनाइ छ । 

Logo