पछिल्ला १० बर्षमा भएका सुन तस्करीको छानविन गर्न सांसद सुवालकाे माग

पछिल्ला १० बर्षमा भएका सुन तस्करीको छानविन गर्न सांसद सुवालकाे माग

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पछिल्ला १० बर्षमा भएका सुन तस्करीको बारेमा छानविन हुनुपर्ने बताएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद सुवालले बहु दल र गणतन्त्रको ३४ बर्ष यता भएका सबै काण्ड र प्रकरणको बारेमा पनि खोजी हुनुपर्ने बताए ।

'१० वर्षमा त्रिभूवन विमानस्थलबाट ४ हजार १ सय १७ किलो सुनको तस्कर कसरी भयो ? बहुदल र गणतन्त्रको ३४ वर्ष यता ठमेलको सार्वजनिक स्थल कमलपोखरीमा छायाँ कम्प्लेक्सको निर्माण कसरी भयो ? ललिता निवासमा व्यक्तिको नाममा कसरी दर्ता भयो ? नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी कसरी बनाइयो ?'उनले साेधे । 

सांसद सुवालले कुनकुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पालामा के कति सुन तस्करी भयो भन्ने बारेमा पनि छानविन गर्न आवश्यक भएको बताए । उनले दलका कुनकुन नेताले सुन तस्करहरुलाई दुहुनो गाई बनाई राखेका छन भन्ने विषय सार्वजनिक गर्न अवश्यक भएको बताए । 

भारतीय शासक वर्गले नेपालमा प्रधानमन्त्री बनाउने बारेमा पनि बुझ्न आवश्यक भइसकेको बताउँदै सांसद सुवालले यी सबै कुराको छानविन गरि दोषीलाई कारवाही गर्न आवशयक भएको बताए । 

Skip This
Skip This
Logo