एमालेले रोष्टम घेराउ गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

एमालेले रोष्टम घेराउ गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधमा प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

एमाले सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले असार १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका छन् । साथै सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने पनि माग राखेका छन् । 

Logo