जनताको घरमा ५ केजी चामल हुँँदैन, तर देशमा १०० किलो सुन तस्करी हुन्छः सांसद खतिवडा

जनताको घरमा ५ केजी चामल हुँँदैन, तर देशमा १०० किलो सुन तस्करी हुन्छः सांसद खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सुन तस्करीको बारेमा सरकारले यथार्थ जानकारी सरकारलाई गराउनुपर्ने बताएका छन् । 

बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद खतिवडाले भरियालाई पक्राउ गरेर नाइकेलाई जोगाउने काम बन्द गर्न पनि आग्रह गरे । उनले भने, ‘नेपाललाई सुनको भूमि बनाउने खेलमा सरकारले सत्य कुरा के हो ? एउटा भरिया ड्राइभरलाई, एउटा खलासीलाईपक्र्रेर मेन नाईकेलाई जोगाउने काम गर्नु हुँदैन र सत्य तथ्य छिटो भन्दा छिटो सरकारले संसदलाई जानकारी गराओस ।’ 

सांसद खतिवडाले नेपाली जनताको घरमा दशैंमा खान ५ केजी चामल हुँँदैन तर देशमा १०० किलो सुन आयात निर्यात हुने गरेको पनि बताए । सरकार नेपाललाई तस्करहरुको ट्रान्जिट पोईन्ट बनाउने खेलमा लागेको जस्तो देखिएको आरोपसमेत उनको थियो । 

Logo