प्रमुख निर्वाचन आयुक्त थपलियाले माफी नमाागे महाअभियोग लाग्छः प्रदीप यादव

प्रमुख निर्वाचन आयुक्त थपलियाले माफी नमाागे महाअभियोग लाग्छः प्रदीप यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिएका छन् । 

निर्वाचन खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने उम्मेदवारमाथि कारबाहीसम्बन्धी मंगलबार आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले त्रुटिपूर्ण उक्त विज्ञप्तिप्रति माफी नमागे प्रमुख आयुक्त थपलियालाई महाअभियोग लाग्ने चेतावनी दिएका हुन् । 

थपलियाले जनप्रतिनिधिहरूको चरित्र हत्या गरेकोसमेत आरोप लगाएका प्रमुख सचेतक यादवले भने, ‘जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति जारी गर्नुभयो । जबकी हामीले समयमै खर्चको विवरण बुझाएका छौं । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । आफ्नो सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छौँ । तर, जानीजानी पनि कानुनको आफैं व्याख्या गरेर जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने काम गर्न खोज्नुभएको छ । खेदजन्य योग्य छ । प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । माफी माग्नुभएन भने मानहानिको मुद्दा वा महाभियोग लगाउनुपर्छ ।’
 

Skip This
Skip This
Logo