सुन प्रकरणमा नेकपा एसको धारणाः ‘सरकारकाे अनुसन्धान सही बाटोमा छ’

सुन प्रकरणमा नेकपा एसको धारणाः ‘सरकारकाे अनुसन्धान सही बाटोमा छ’

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धन दल एकीकृत समाजवादी पार्टीले क्वीन्टल सुन प्रकरणमा सरकारी कदम सकारात्मक रहेको ठहर गरेको छ । 

सो पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले सरकारको एउटा अंग कमजोर देखिएपनि अर्को अंगले तत्काल कारबाही थालेको भन्दै सुरुवाति गतिविधि सकारात्मक रहेको बताएका हुन् । तर बाहिर उठेका प्रश्नहरुको जवाफ थप अनुसन्धान र कारबाहीबाट दिनु पर्ने उनको भनाई छ ।

‘सुन काण्डकै सवालमा हेर्ने हो भने पनि सरकारको एउटा अङ्ग कमजोर भएको देखीयो अर्को अङ्गले त्यसलाई तत्काल कारवाही गर्न सफल भएको देखियो । सरकारको यस्तो खालको गतिविधिलाई अध्ययन गर्ने, अनुसन्धान गर्ने र नियन्त्रण गर्ने सबै अङ्गहरु उत्तिकै सूत दुरुस्त हुनुपर्छ ।’ उनले भने ।

आम नागरिकले चाहे जस्तै भ्रष्टाचारी र तस्करी विरुद्ध राज्यले बलियो गरी खुट्टा टेक्नु पर्ने उनको भनाई छ । ‘शंका पनि गरिरहेका छन् । सेटिङ बिग्रेर पक्राउ परेको हो भित्रबाट सेटिङ मिलेकोले यो बाहिर आयो भन्ने थियो तर यस्तो कुनै खालको भ्रष्टाचारीजन्य र तस्करीजन्य गतिविधिलाई पूर्ण रुपले नियन्त्रण गर्नसक्ने गरी राज्य उभिएर भूमिका निर्वाह गर्नुपर्छ ।’ 

Skip This
Skip This
Logo