नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकले सरकारका सकारात्मक काम कारवाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले सरकारका सकारात्मक काम कारवाहीलाई तीनै तहको सरकारमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
त्यस्तै, महाधिवेशनले तय गरेको कार्यशालार वैचारिक प्रतिवेदनलाई अझै स्पष्ट पार्ने विषयमा पनि छलफल भएको जानकारी उनले दिए । उनले भने,‘यस पटक महाधिवेशनले गरेको कार्यशालाअझै स्पष्ट पार्ने, वैचारिक राजनीनिक विषयलाई अझै स्पष्ट गर्नेलगायत सरकारका सकारात्मक काम कारवाहीलाई तीनै तहको सरकारमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा निर्णय भएको छ ।’
पदाधिकारीको बैठक फेरि साउन १३ गते बस्ने जानकारी पनि प्रवक्ता महराले दिए ।





























प्रतिक्रिया