प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँचक पुर्याउनुपर्नेमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्य सम्मेलनमा सहभागि भएर शुक्रबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै विश्वयापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकहरुका लागि प्रविधि र मल,बजार पुँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताएका हुन्।
उनले भ्रमण पूर्णरुपमा सफल भएको समेत जनाएका छन्। नेपाल सरकार र डब्लु एफ पि को सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बालबालीका लाभान्भित भएको प्रधानमन्त्री दाहालको भनाई छ। प्रधानमन्त्री दाहालले यो तथयलाई आत्मासाथ गर्दै शिक्षा क्षेत्रको सम्पुर्ण बजेटको ६ प्रतिशत ‘फुड सिस्टम समिट प्लस टु’ कार्यक्रमका लागि छुट्याइएकाे बताएका छन्।
रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो। उनीहरूबीच कृषि,जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।





























प्रतिक्रिया