प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग जलविद्युत निर्यात सहित दुई पक्षीय हितमा कुरा भएको बताएका छन्।
शुक्रबार बिहान इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले पत्रकारहरुसंग कुराकानी गर्दै बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको बताएका हुन्।
उनले भने,‘बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको छ। आर्थिक अन्तर निर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ। हालै मात्र गरेको भारतको औपचारिक भ्रमणमा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने सहमति भएको छ। त्यसलाई औपचारिकता दिइ जलविद्युत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाएको छ।’
प्रधानमन्त्री दाहालले भेटघाटमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सम्बन्ध आपसी सहयोग, क्षेत्रीय सहयोग संगठन सार्कमा नेपाल र बंगलादेश बीचको सहकार्य जस्ता विषयहरुमा छलफल भएको बताए।































प्रतिक्रिया