विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक छः प्रधानमन्त्री

विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। 

शुक्रबार बिहान इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल भ्रमणका लागि आफूले दिएको निम्तो गट्रेसले सहर्ष स्वीकार गरेको बताएका हुन्।  गट्रेससँग विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानको बारेमा गहन छलफल भएको पनि दाहालले जानकारी दिए।

उनले भने,‘औपचारिक कार्यक्रमको अतिरिक्ति सम्मेलनका दौरानमा अत्यन्त्य महत्वपूर्ण साइडलाइन भेटवार्ता र संवादहरु भए,संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेस भएको भेटघाट तथा छलफल यहाँहरुलाई अवगत गराउन चाहन्छु। सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग,विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदान,बहुपक्षीय विषय र जलवायु परिवर्तनले पारेको प्रभावसहित गरिवी निवारण तथा खाद्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो। उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु। सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ। उहाँ नेपाल प्रति चासोका साथ जानकारी राख्ने शुभचिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ। ’

Logo