२०७४ सालको स्थानीय निर्वाचनअघि रेनु दाहालको परिचय ‘प्रचण्ड पुत्री’का नाममा मात्रै थियो । स्थानीय तहको निर्वाचन हुने भएपछि रेनु दाहालको नाम एकाएक चर्चामा आयो । उनी भरतपुर महानगरपालिकाकी मेयर बनेपछि भरतपुरको विकासका लागि हरसम्भव प्रयत्न गरिन् । पाँच वर्षको निरन्तर खटाइ र गरेको कामका कारण भरतपुरका मतदातामाझ रेनु लोकप्रिय बनिन् । आफ्नै पहिचान र परिचय बनाइन् ।
स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि भरतपुर महानगरलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ ।

६ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहरमा सुस्त जस्तै थियो । नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदासमेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन । अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनि बेहोर्नुपर्ने हैरानीले भरतपुरवासीलाई सधैँ बिझाइरहन्थ्यो ।
साबिकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँविकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गर्दै भरतपुर महानगरपालिका घोषणा गरिदियो । आफ्नो पहिलो कार्यकालमा उनले महानगरभित्रका अधिकांश सडक कालोपत्रे गर्ने, नारायणी नदीमा तटबन्ध निर्माण, योजनाको अनुगमन र नयाँ योजना निर्माण गर्दै बजेटको लागि ताकेता गर्ने कामहरु गरिन् । जनताको मनमा भिजिन् र २०७९ को स्थानीय निर्वाचनमा पुनः मेयरमा विजयी भइन् ।
वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका– २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन् ।
नारायणी तथा राप्ती नदी नियन्त्रण, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकास, एमबीबीएस पढ्ने भरतपुरका विद्यार्थीलाई लगभग ४० हजार छात्रवृत्ति, तारहरूलाई भूमिगत गर्ने योजना, नारायणी नदीमा सिक्नेचर पुल, नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलमा रूपान्तरण जस्ता आयोजनाहरू निरन्तर चलिरहेका छन् । वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका– २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन् ।

हालसालै स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि भरतपुर महानगरलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ । स्विट्जरल्याण्ड सरकारले मेयर दाहाललाई स्विट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको छ ।





























प्रतिक्रिया