बुटवलको विकासका पर्याय बनेका मेयर खेलराज पाण्डेय [भिडियाे]

बुटवलको विकासका पर्याय बनेका मेयर खेलराज पाण्डेय [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बुटवलबासीमाझ वर्षौदेखिको परिचित नाम हो । बुटवलका टोल–टोलमा परिचित मेयर पाण्डेय बुटवलको विकासका पर्याय मानिन्छन् । 

पाण्डे कांग्रेसभित्र मात्रै होइन बुटवल बासीमाझ नै  सरल स्वभावका नेताको रुपमा परिचित छन् ।

पाण्डे कांग्रेसभित्र मात्रै होइन बुटवल बासीमाझ नै  सरल स्वभावका नेताको रुपमा परिचित छन् । पदमा हुँदा र नहुँदाका अवस्थामा पनि उनी समग्र नगरबासीको सुखदुखमा सरीक हुने जनताको घरदैलोमा निरन्तर पुगिरहने र सादा जीवन र सहज स्वभावका कारण उनी पार्टीभित्र र बाहिर पनि लोकप्रिय छन् । 

पाण्डेको एक वर्षको उपलब्धिमा अस्पताल निर्माण, पशु बधशाला निर्माणजस्ता ठूला योजनादेखि परिचयपत्र वितरण तथा नियमित बैठक, बुटवल–१५ सेमलारमा कृषि बजार केन्द्र स्थापना, सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन आदि छन् । 

बुटवलका टोल–टोलमा परिचित मेयर पाण्डेय बुटवलको विकासका पर्याय मानिन्छन् । 

यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराउने कामहरु सम्पन्न भएका छन् ।

Logo