चर्चामा रहेका र जनताको वाहवाही पाएका अर्का मेयर हुन् वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह । यो वर्षको अवधिमा वीरगंज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ ।
सेवाग्राहीको बढी भिड हुने कोठामा एसी जडान, खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणालीसमेत लागू भएको छ । समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगंजवासी बताउँछन् ।
समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगंजवासी बताउँछन् ।
फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल, ल्यापटपबाट सोझै दिन सकिने व्यवस्थासमेत गरेको छ । हरियाली सहर बनाउनका लागि बाइपास, घण्टाघर, मितेरी पुल प्रवेशद्वार, डूाइपोर्टलगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टाघरदेखि पावरहाउससम्मका सडकबिचको डिभाइडरमा तीन तह हुने गरी वृक्ष तथा फूल रोप्ने कार्य गरिरहेको छ ।
जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने छाडा चौपाया नियन्त्रण लिने काम भएको छ । महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ । सिंहको एक वर्ष कार्यकालमा भएका कामहरुले उनी सञ्चारमाध्यममा बारम्बार छाइरहन्छन् ।





























प्रतिक्रिया