नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम  सो विधेयक प्रमाणीकरण गरेका हुन् । 

प्रतिनिधिसभाबाट पारित भएको सन्देश राष्ट्रिय सभाले नसुनाउँदा मिटर व्याजीलाई कारवाही गर्ने प्रावधानसहितको सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउन ढिला भएको थियो । बिहीबार मात्र राष्ट्रिय सभाले सर्वसम्मत रुपमा पारित गरेपछि राष्ट्रपतिले आज प्रमाणिकरण गरेका हुन् । अब यो विधेयक राजपत्रमा प्रकाशित भएपश्चात् कानूनको रुपमा कार्यान्वयनमा जाने व्यवस्था छ । 

rastrapati

Logo