प्रतिनिधिसभा असभ्य र संस्कृतिहीन बन्योः वामदेव गौतम

प्रतिनिधिसभा असभ्य र संस्कृतिहीन बन्योः वामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य बन्न थालेको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा गौतमले असभ्य र संस्कृतिहीन रूपमा प्रतिनिधिसभा सञ्चालन हुन थालेको आरोप लगाएका हुन् । संसदको नियमावलीलाई बेवास्ता गर्दै सांसदहरु जथाभावी रूपमा उठेर बोल्ने गरेको बताउँदै उनले मौजुदा प्रतिनिधिसभामा संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए । 

नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले झनै असभ्य र संस्कृतिहीन रुपमा चल्न थालेको उनको भनाइ छ । 

Logo