प्रचण्डले एमालेको पैसामा खाए, पिए, मस्ती गरे, तर हिसाब बुझाएनन् -अध्यक्ष ओली

प्रचण्डले एमालेको पैसामा खाए, पिए, मस्ती गरे, तर हिसाब बुझाएनन् -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणको बेलाको हिसाब किताव अझै नबुझाएको आरोप लगाएका छन् । 

भक्तपुरमा आयाजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले प्रचण्डले एमालेको रकममा मस्ती गरेर हिसाव नबुझाएको आरोप लगाएका हुन् । उनले भने, ‘उनले पार्टीमा आफ्नो हिसाब किताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् केहि पनि गरेनन् त्यो आफ्नै बनाएर राखे किन कि उसलाई पार्टी कब्जा र उद्देश्यबाट समाप्त पार्न सकिएन भने अलग हुनुपर्छ भन्ने पहिले नै थियो ।’

त्यस्तै, अध्यक्ष ओलीले माओवादीसँग एकता भनिएपनि एकता हुँदै नभएको तर्क गरे । ‘माओवादीसंग पार्टी एकता भनिए पनि एकता हुँदै भएन् । तेल एकातिर पानी एकातिर मिक्सअप नै हुन सकेन । कहिले पनि हामीले छुट्टै बैठक गरेनौँ । तर प्रचण्डले आफ्नो पार्टी जीवित नै राखे पार्टीको बैठक अलग नै राखे ।’

Logo