स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए । उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै मन्त्री बस्नेतले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको सुनाए ।





























प्रतिक्रिया