हाम्रै आग्रहमा डिएलएको अधिवेशन सरेको होः उपप्रधानमन्त्री खड्का

हाम्रै आग्रहमा डिएलएको अधिवेशन सरेको होः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले डेमोक्रेटिक लयर्स एसोसिएसनको निवर्तमान कार्यसमितिले आफ्नो पद लम्ब्याउने वहानामा अधिवेशन सारेको भन्ने कुरा झुटो भएको दावी गरेका छन् । 

शुक्रबार डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा उपप्रधानमन्त्री खड्काले तीनवर्ष लगत्तै हुनुपर्ने अधिवेशन पाँचौ वर्षमा डेमोक्रेटिक लयर्स एसोसिएसनको पदाधिकारीको कारणले नभई आफूहरुको आग्रहमा सरेको बताएका हुन् ।

उनले भने,‘कहिँ पनि दुविधा नहुनुहोस् डीएलएको तीनवर्ष लगत्तै हुनुपर्ने अधिवेशन पाँचौ वर्षमा डिएलएको पदाधिकारीको कारणले वा नेताहरुको कारणले सरेको होईन् । पार्टीको अधिवेशन कोरोना,स्थानीय चुनाव नजिकिएसँगै सरेको हो । हाम्रै आग्रहमा रोकिएको हो ।’ 

अझै पनि निवर्तमान कार्यसमितिलाई आफ्नो पद लम्ब्याउनका लागि बहानाबाजी गरे भन्ने कुरा कतै बाँकी छन् भने त्यो कुरा आजदेखि विर्सन अनुरोध गरे । 

Logo