भ्रष्टाचार मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैनः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैनः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताएका हुन्।  

यो वा त्यो बाहानामा साथिभाई,राजनीतिक दल,नातासम्बन्ध,ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ।‘अहिले सरकारले चालेको भ्रष्टाचार,गठीविरोधि अभियानमा,जो संगठित अपराधहरु देशमा जनतार राज्यलाईचुस्ने काम भइराखेको छ त्यो सन्दर्भमा चालीएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु,भइरहेको पनि छ। युवाहरु देशमा केही हुन्छ भनेर आशाबादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो।’ उनले भने,‘तर,कताकता यसलेकसलाई तान्ने हो भनेर,विभिन्न त्यान्द्रोहरु जोडिएकाहरु कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ। त्यसले सरकारको यो दिशालाई विश्राम दिँदैन। कसैले नसोचे हुन्छ,भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाइ हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ।’ उनले सरकारले कुनै राजनीतिक दल,नेता,व्यापारिक घरना,साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने दाबी गरे।

‘हामी भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाई रोकेर कसैमाथि कृपा गर्न सक्दैनौँ। जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नातासम्बन्ध होस्,जुनसुकैको साथि सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ति कसैसंग सरकारलाई मतलव छैन। जो अनुसन्धानको आधारमा दोषी,अपराधि देखिन्छ,उनिहरुलाई कानूनको दायरामा ल्याइने छ। जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौँ,’ गृहमन्त्री श्रेष्ठले भने। 

सरकारले आर्थिक सामाजिक विकाससंगै सुशासन र संमृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यावरोधको स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ। सुशासन स्थापनाको लागि अवसर नभएको भन्दै उनले सुशासनको पक्षमा सुरु गरेको कामलाई प्रभावकारी ढंगले टुंगोमा पुर्‍याएर नेपाललाई संमृद्ध बनाउने कार्यमा सबैको साथ आवश्यक रहेको बताए। 

Logo