लिगलिगे दौडमा लाग्यौँ भने प्राप्त उपलब्धि जोगाउन गाह्रो हुन्छः सभापति लामिछाने

लिगलिगे दौडमा लाग्यौँ भने प्राप्त उपलब्धि जोगाउन गाह्रो हुन्छः सभापति लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा जो पहिलो पार्टीमा प्रवेश गर्‍यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धिसमेत गुम्ने चेतावनी दिएका छन्। 

शनिबार काठमाडौँमा आयोजित पार्टीको सिन्धुली काठमाडौँ सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले उनले आगामी २०८४ सालको निर्वाचनसम्म रास्वपामा होनाहार र योग्य मानिसहरुलाई समेटेर पाटीलार्ई संगठित बनाउने मिसनमा रहेको बताएका हुन्।
 
उनले भने,‘हामीले उम्मेदवार  छनौट गर्दा  र पार्टीमा सहभागी हुने पदाधिकारी  छनौट गर्दा लिगलिगकोटमा दौडिएर राजा भए जसरी पार्टीमा जो पहिला आयो उही भयो भनेर लाग्यौँ भने,सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौँ भने हामीले प्राप्त गरेको २१ सिटलाई पनि जोगाउन गाह्रो हुन्छ। सुन्दा नमिठो लाग्ला सत्य यहि हो। त्यसकारण ०८४ सम्म हामी बन्ने अभियानमा छैनौँ पार्टी बनाउने हो।’ रास्वपाको लागि मिसन चौरासी आफू बन्ने भन्दा पार्टीलाई बनाउने अभियान भएको बताएका छन्। 

लामिछानेले भने,‘मिसन ०८४ भनेको हामी पार्टीका रुपमा कति ठूलो हुन्छौँ भन्ने कुरा होइन्,मिसन ०८४ भनेको पार्टीका रुपमा देशका होनहार र योग्य मानिसहरुलाई यो पार्टीभित्र आउँछन् कि आउँदैनन् भन्ने हो।’

उनले आफूलाई विस्वास गर्न आग्रह गर्दै पार्टीले कुनै पनि प्रकारको गैह्र राजनीतिक रुपले पदाधिकारी नबाँड्ने र योग्य उम्मेदवारलाई मात्र पार्टीले स्थान दिने दाबी गरे। 

Logo