वन तथा वातावरणमन्त्री डा. विरेन्द्र प्रसाद महतोले प्राकृतिक स्रोतको सदुपयोगबाटै राष्ट्र समृद्ध बन्न सक्ने तर्क दाबी गरेका छन् ।
विश्व बाघ दिवसको सन्दर्भमा आज ललितपुरमा भएको कार्यक्रममा मन्त्री महतोले प्रर्याप्त सम्भावना भएर पनि नेपालले प्राकृतिक स्रोतबाट फाइदा लिन नसकेको बताएका हुन् । प्राकृतिक स्रोत साधानका अधिकतम सदुपयोग गर्ने हो भने देशको वेरोजगारी समस्या समाधान हुने उनको भनाई छ ।
‘प्रकृतिलाई उत्पादनको रुपमा हेर्नु पर्छ हामीसँग भएको स्रोतलाई हामीले प्रयोग गर्न सकेनौ भने, त्यसलाई व्यवस्थापन गर्ने त्यसको प्रयोगबाट देशलाई समृद्ध बनाउने, रोजगारी निमार्ण गर्ने, नेपाल मात्रै एउटा यस्तो देशको जसले ४५ प्रतिशत वन संरक्षण गरेर पनि त्यसबाट केही फाईदा लिन नसकेको छ ।’ उनले भने ‘राष्ट्रलाई समृद्ध बनाउने सबैभन्दा ठूलो स्रोत भनेको नै वन हो तर लिन सक्नु पर्छ व्यवस्थापन गर्न सक्नु पर्छ । हामीसँग सम्भावना छ त्यसको सदुपयोग गरेर राष्ट्र समृद्ध बनाउँ ।’
उनले विदेशीले सहयोग उनिहरुको नियम अनुसार आउने तर आफ्नै नियम, आवश्यकता अनुसार आएको रकम पनि खर्च गर्न नसक्ने अवस्था रहेको गुनासो गरे । ‘हामीलाई चाहिने हाम्रो वातावरणमा सुहाउँने, समस्यामा साथ दिने पाटनर नै हाम्रो पाटनर होनित अमेरिकामा बसेर उसको सभ्यताबाट दिएको निर्देशन अनुसार मैले काम गर्ने हो भने देशमा आएको पैसा खर्च गर्न सकिदैँन् । हेर्दा विदेशीले सहयोग गरेको जस्तो देखिन्छ तर हामीले एउटा पनि खर्च गर्न सकेका छैनौ किनभने उहाँहरुको कुराहरु अनुसार हस्ताक्षर गरेका छौ र त्यो साइन अनुसार हामीले नेपालमा खर्च नै गर्न सक्दैनौँ । हाम्रो नियम, आवश्यकता छुट्टै छ ।’ उनले भने ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले सन् २०२२ सम्म लक्ष्य अनुरुप बाघको संख्या ३५५ पु-याएर प्रतिवद्धता पूरा गरेको भन्दै संरक्षण कार्य अन्तरराष्ट्रिय स्तरमा प्रशंसाको विषय बनेको उनको भनाई छ।
सोही कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बाघको संख्या बढेसँगै त्यसलाई संरक्षण गर्ने र बासस्थान व्यवस्था गर्ने विषय चुनौती बन्दै गएको बताए । उनले भने, ‘अहिले बाघको संख्या एकदमै बढेको छ । त्यसको संरक्षणको विषय पनि उठेको छ । यसको सन्दर्भमा अन्तरराष्ट्रिय स्तरमा पनि एउटा नमूना प्रस्तुत गरिएको छ । टाईगर गेत बनाउँदै जसले यो चिडिया घरको नमूना दिन्छ । यसको साथै वृद्ध नागरिक र अपाङ्ग भएको मानिसको लागि एउटा बसको व्यवस्था गर्ने छौ । १४, १५ सिटको घुमिरहने छ ।’ यसको साथै उनले जाउलाखेलमा भएको चिडियाखानालाई व्यवस्थित गर्ने कामहरु पनि गर्दै आएको बताए ।































प्रतिक्रिया