नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित बैठकहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।
केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘तयारी नपुगेकाले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी तत्कालका लागि स्थगित भएको छ ।’
भोली बैठक बसेर अब कहिले बैठक बस्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई छ।
अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्वनिर्धारित बैठकहरू स्थगन भएका हुन् ।





























प्रतिक्रिया