माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ। आज बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा र राजनीतिक र साङ्गठनिक प्रतिवेदनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए। यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

शनिबार बसेकाे पदाधिकारी बैठकमा‍ केन्द्रीय समिति बैठकका सम्बन्धमा छलफलमा भएकाे थियाे।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको थियाे।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ। केन्द्रीय समिति बैठक अगाडि स्थायी समिति बैठक बस्नेछ।

Skip This
Skip This
Logo