प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्धको लडाईं सुरु गरेपछि गठबन्धन भत्काउने प्रयास सुरु भएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका हुन् ।
उनले भने, 'भ्रष्टचार र विसंगति विरुद्ध लडाई सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, उत्पन्न गर्ने अनेक खालको कसरतहरु भईरहेका छन् । तर हामी ती सबै षड्यन्त्रहरुलाई पराष्त गर्दै हाम्रो आफ्नो एकतालाई अझै बलियो पार्दै एक अर्को प्रति विश्वासको धरातललाई अझै बलियो बनाउँदै अगाडि बढ्ने छौं।'
सरकार अहिले जनता, युवा र नेपाल राष्ट्रको पक्षमा लडाईं लडिरहेको उनको दाबी छ ।































प्रतिक्रिया