राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णयविरूद्ध अदालतमा रिट दिएका हुन्। सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरे पनि आयोगले जरिवाना गरेपछि उनीहरूले विरोध गरेका हुन्।
आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई उम्मेदवारलाई जरिवाना तोकेको थियाे, जसमा प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवार रहेका थिए ।





























प्रतिक्रिया