दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयोः अध्यक्ष नेपाल

दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयोः अध्यक्ष नेपाल

केन्द्रबिन्दु
0
Shares

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुँजीवादका कारण राज्यको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी गरेका छन् । 

आईतबार काठमाडौंमा समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले दलाल पुँजीवादले अर्थतन्त्रमा धेरै ठूलो समस्या खडा गरेको टिप्पणी गरेका हुन् ।  

‘समाजवादको कुरा गर्दा यो कुरा बुझ्नुपर्छ की दुई वटा नाम  क्रियाशील छ । एउटा पुँजीवादी व्यवस्था र अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ । यो शिक्षा क्षेत्रमा पनि हावि छ । राज्यको अर्थतन्त्रमा पनि हावी छ । राज्यको प्रशासनमा पनि हावी छ  । र हाम्रो व्यवस्थालाई अत्यन्त कुरुप बनाउने कार्यमा पनि त्यो जिम्मेवार छ ।’

अध्यक्ष नेपालले नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गर्न र नेपालको अर्थतन्त्रलाई समाजवादको दिशामा लान चाहेको बताए । नेपालको शिक्षा प्रणलीदेखि लिएर स्वास्थ्य प्रणाली सम्म समाजवादको मान्यता अनुरुप अगाडी बढाउनुपर्ने उनको भनाई छ ।

Skip This
Skip This
Logo