जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्र देशकै सबैभन्दा अराजक र बेवारिसे भएको टिप्पणी गरेका छन् ।
आईतबार काठमाडौंमा समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्तरक्रियामा अध्यक्ष यादवले सरकारले लगानी गरेको शिक्षा क्षेत्र व्यवस्थित हुन नसकेकै कारण सरकारी लगानीका विद्यालय, विश्वविद्यालयले विद्यार्थी पाउन छोडेको बताएका हुन् । ‘नेपालमा सबै भन्दाबढि ध्वस्त भएको सबै भन्दा बढी बर्वाद भएको सबै भन्दा बढी अराजक भएको र सबै भन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो हो शिक्षा क्षेत्र । चाहे त्रिभुवन विश्वविद्यालय होस या सरकारले लगानी गरेको विद्यालय होस अब त विद्यार्थी पाउन पनि छोडिसक्यो ।’
उनले शिक्षाको क्षेत्रप्रति आमजनताको विश्वास उडेको भन्दै यस्तै प्रवृति बढ्दै गए नेपालको हालत के होला ? प्रश्न गरे । शिक्षामा आमुल परिवर्तनको आवश्यकता भएको र त्यसको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने उनको भनाई छ ।































प्रतिक्रिया