१२ वर्षदेखि अलपत्र त्रियुगा पुल निर्माण एक वर्षभित्र सक्न मन्त्री ज्वालाको निर्देशन

१२ वर्षदेखि अलपत्र त्रियुगा पुल निर्माण एक वर्षभित्र सक्न मन्त्री ज्वालाको निर्देशन

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, वर्षाैदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न निर्देशन सक्न निर्देशन दिएका छन् । 

आइतबार निर्माण ब्यवसायीहरुसंगको छलफलमा मन्त्री ज्वालाले अलपत्र त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण ब्यवसायीलाई निर्देशन दिएका हुन् ।

‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण ब्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ । दिर्घ रोगी योजनामाथि एक्सन थालिसकेका छौँ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक वर्षभित्र सक्नुपर्छ ।’

अलपत्र पुलका बिषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, नीजि सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक बर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।

तीन बर्षभित्र काम सक्नेगरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्नभई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए । 

Skip This
Skip This
Logo