रास्वपा सरकारमा जान दिन गनेर बसेको छः रवि लामिछाने

रास्वपा सरकारमा जान दिन गनेर बसेको छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ सुदूरपश्चिमप्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिन गन्ती पनि सुरु भएको बताए।

उनले भने, ‘हामीपनिदिन गनेर बसेका छौँ। रास्वपा सरकारमा आउनेछ। रास्वपाले आफ्नो नीतिलागु गर्ने छ। र हामीपरदेश छोडेर घरदेशमा आउनेछौँ। आफ्नै प्यारो माटोमा जीवन विताउने छन्। हामी त्यो दिनको प्रतीक्षा गर्नेछौँ। 

सभापति लामिछानेले आफूहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन्। उनले भने, ‘काम गरिरहेका छौँ कदम कदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसिदियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्नुहोला यस पटकको चुनावमा त म आफ्नै देश जान्छु। भनेर छुट्टी माग्नुहोला।’ रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरुमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे।

Logo