एमालेको अडानमा अझै बस्न सकेन प्रतिनिधिसभाको बैठक

एमालेको अडानमा अझै बस्न सकेन प्रतिनिधिसभाको बैठक

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने अडान राखेपछि सोमबार १ बजे बोलाइएको बैठक साढे २ बजज्दासम्म बस्न नसकेको हो । 

संघीय संसद सचिवालयका अनुसार आज नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने कार्यसूची थियो। यसैगरी,राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने पनि कार्यसूचीमा उल्लेख छ ।

Skip This
Skip This
Logo